IME Life New

जीवन बीमा कम्पनीको टप एजेन्सी घोषणा कार्यक्रम प्रभावित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको नेपाल पटक एजेन्सी घोषणा गर्ने कार्यक्रम प्रभावित भएको छ । कोरोना भाइरस महामारीको कारण अधिकांश जीवन बीमा कम्पनीहरुमा गत आर्थिक वर्षभरि काम गरेर उत्कृष्ट व्यवसाय गर्ने एजेन्सीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम प्रभावित भएको छ ।

गत वर्षमा भदौं महिनाभित्रैमा उत्कृष्ट एजेन्सीहरुलाई सम्मान गर्ने गरिएको भएपनि यसवर्ष असोजको मध्य हुन लाग्दा समेत कुनै पनि कम्पनीहरुले सम्मान गर्न सकेका छैनन् । कम्पनीपिच्छे फरक फरक तरिकाले उत्कृष्ट एजेन्सीलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन दिने गरिएको छ । यद्यपि केही जीवन बीमा कम्पनीहरुले भने पुरस्कार वितरण गर्दैनन् । पुरस्कार वितरण नगर्नेको संख्या थोरै छ भने विरतण गर्नेको संख्या धेरै छ । बीमा समितिको नियम अनुसार एजेन्सीहरुलाई प्रथम, टपर वा कुनै पनि नाममा पुरस्कार वितरण गर्न भने नपाइने व्यवस्था छ ।

Esewa
Crest

जीवन बीमा कम्पनीहरुमा एउटै एजेन्सीले बार्षिक आधा अर्ब रुपैयाँसम्म व्यवसाय गर्ने गर्ने गर्दछन् । सबैभन्दा बढि व्सवसाय गर्ने एजेन्सीलाई उत्कृष्ट घोषणा गरी पुरस्कार तथा सम्मान पाउँछन् । साथै अन्य लक्ष्य पूरा गरेका एजेन्सीहरुलाई लक्ष्य अनुसार प्रोत्सासहन वितरण गरिन्छ । जीवन बीमा कम्पनीहरुले वर्षमा एक पटक सम्मान तथा पुरस्कार वितरण गरी वर्षभरि लक्ष्यमा दौडाउने हुँदा यो कार्यक्रम निकै महत्वपूर्ण छ ।

यसवर्ष कोरोना भाइरसको कारण कार्यक्रम गर्न ढिलाई भएपनि उत्कष्ट व्यवसाय गर्ने बीमा अभिकर्ताहरु भने कार्यक्रम हुने पर्खाइमा रहेका छन् । कोरोना भाइरस केही नियन्त्रणमा आउने वित्तिकै कम्पनीहरुले औपचारिक कार्यक्रम गरी उत्कृष्ट घोषणा गरी पुरस्कार वितरण गर्न कम्पनीहरु नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीमा १९ जना नेपाल टप एजेन्सीले लाखौं पुरस्कार सहित सम्मान पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS