काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज शेयर बजारको मूल्य केही बढेको छ । हिजो २२ अंकले घटेको नेप्से परिसूचक आज ९.३७ अंकले बढेर १५५५.५२ पुगेको छ । साताको चौथो दिन नेप्सेमा एक अर्ब ७२ करोड ७८ लाख २१ हजार ७०७ रुपैयाँको कारोबार भएको छ । कूल १९४ वटा कम्पनीको ४१ हजार ६२० खरिद बिक्री कारोबारमार्फत ५८ लाख ६२ हजार ६१७ कित्ता शेयर कारोबार भएको छ ।
नेप्सेमा आज सेन्सेटिभ शून्य दशलमव ३१ अंकले बढेको छ । पछिल्लो समय कोरोना महामारीका बीचमा सर्वसाधारणहरुले घरैमा बसेर अनलाइनबाट शेयर खरिद बिक्री गर्दै आएका कारण दैनिक चार अर्ब सम्मको कारोबार हुने गरेको छ ।