काठमाडौं । सिद्धार्थ बैंकले ऋणपत्र निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । बोर्डले बैंकलाई ७ वर्ष एसबिएल डिबेन्चर २०८४’ निष्काशन गर्नका लागि स्वीकृती दिएको हो ।
बैंकले ‘८ दशमलव ५ प्रतिशत ब्याजदरमा उक्त ऋणपत्र निष्काशनका लागि श्रावण १८ गते सेबोनमा निवेदन पेश गरेको थियो । ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।
उक्त ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यपिटल लिमिटेड रहेको छ ।