IME Life New

जीवन बीमा कम्पनीहरुमा आचार संहिता लागू गरिने, मस्यौदामाथि छलफल सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनी र सोमा आबद्ध कर्मचारीहरु अब आचार संहितामा बाँधिने भएका छन् । नेपाल जीवन बीमक संघले १९ वटै जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि आचार संहिता लागू गर्न लागेको हो । संघले आचार संहिताको मस्यौदा बनाएर छलफल सुरु गरेको जनाएको छ ।

जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले भने, ‘जीवन बीमा कम्पनीहरुमा सुशासन अनुभूति गराउन नयाँ संहिता लागू गर्दैछौं ।’ अध्यक्ष पाण्डेले रचनात्मक र नतिजामुखी परिणाम दिने आचार संहिता लागू गरिने बताए । संघका अनुसार अबको केही चरणको छलफलपछि १९ वटै बीमा कम्पनीका सिईओहरुले हस्ताक्षर गरेपछि संहिता लागू हुनेछ ।

Esewa
Crest

पछिल्लो पटक जीवन बीमा कम्पनीका उच्च पदस्थ कर्मचारीदेखि तल्ला तहका कर्मचारीहरु समेत पद र आर्थिक प्रलोभनमा परेर कम्पनी चहार्ने क्रम बढेपछि आचार संहिताले निश्चित पद्धतिमा बाँध्न लागेको संघले जनाएको छ । यही असोज १ गते बसेको बीमक संघको बैठकमा आचार संहिताको मस्यौदामाथि प्रारम्भिक छलफल भएको छ । संघबाट प्राप्त जानकारी अनुसार कम्पनी र कर्मचारीहरुलाई अधिकतम छ वटा आचार संहिताले बाँध्न प्रस्ताव गरिएको छ । हाल प्रस्तावित रुपमा रहेको आचार संहितामा अधिकृत वा सो भन्दा माथिका कर्मचारीको लागि राजिनामा स्वीकृत भई क्लीयरेन्स लिएपछि एक महिना कुलिङमा बसेपछि मात्रै नयाँ कम्पनीले नियुक्ती दिन पाउने प्रस्ताव गरिएको छ । त्यस्तै, राजिनामा स्वीकृत नभएको अवस्थमा राजिनामा दिएको ४५ दिन पछि मात्रै नयाँ कम्पनीले नियुक्ती दिन पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

जीवन बीमक संघको नयाँ संहिताले कर्मचारीहरुको कार्य अनुभवको क्रेडिट ट्रान्सफर गर्ने व्यवस्था समेत गरेको छ । जस अनुसार दुई वर्षभन्दा कम कार्यअनुभव भएका कर्मचारीहरुलाई सोही पदमा मात्रै अर्को कम्पनीले नियुक्ती दिनुपर्ने प्रस्ताव गरिएको छ । पुरानो कम्पनीमा दुई वर्षभन्दा बढि काम गरिसकेको अवस्थामा मात्रै एक तह बढुवा गरी नियुक्ती दिन पाउने प्रस्ताव आचार संहितामा गरिएको छ । त्यसैगरी, अधिकृत भन्दा तल्लो तहका कर्मचारीलाई कुलिङ नलाग्ने तर कर्मचारी नियुक्ती गर्दा राजिनामा दिई बुझबुझारथ गरी क्लीयरेन्स लिएपछि वा छोडेको कम्पनीमा राजिनामा दिएको १५ दिन पूरा भएपछि मात्रै नयाँ कम्पनीले नियुक्त गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

आचार संहितामा गाडीको सुविधा लिएका कर्मचारीहरुले दुई वर्ष नपुगेको हकमा सो गाडीको ह्रास कट्टी गरी आफैले खरिद गर्नुपर्ने छ भने अवधी नतोकिएको अवस्थामा कम्तीमा दुई वर्ष पुरा भएको तथा अवधी तोकिएको हकमा अवधी पुरा भएपछि मात्रै सवारी साधन लैजान पाइने व्यवस्था प्रस्ताव गरिएको छ ।

मस्यौदामा प्रस्ताव गरिए अनुसार आर्थिक हिनामिना गरेको प्रमाणित भई कारवाहीमा गरेका कर्मचारीहरुलाई १९ वटै जीवन बीमा कम्पनीहरुले नियुक्ती दिन पाउने छैनन् । त्यस्तै, कुनै कर्मचारीले पुरानो कम्पनीमा तिर्न बुझाउन कुनै रकम बाँकी रहेछ भने नयाँ कम्पनीले तिर्नु बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा कर्मचारीहरुको चलखेल निकै बढेपछि जीवन बीमक संघले आचार संहिताद्वारा स्वःनियमन गर्न खोजेको हो । आचार संहिता उल्लंघन गर्नेमाथि कस्तो कारवाही गर्ने भन्ने सम्बन्धमा पनि छलफल भइरहेको संघले जनाएको छ । यसअघि निर्जिवन बीमा क्षेत्रमा पनि कम्पनी र कर्मचारी आचार संहिताको सीमाभित्र बाँधिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS