IME Life New

जीवन बीमा कम्पनी र अभिकर्ताको एकै स्वर ‘पहिले सचेतता अनि बीमा बिजनेश’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सका सिईओ रमेश कुमार भट्टराईले दैनिकजसो डिजिटल प्लेटटफर्महरुमा हुने अन्तरक्रिया र उत्प्रेरणायुक्त तालिममा भनिरहेका हुन्छन्, ‘कोभिडको जोखिम अझै घटेको छैन, सबैभन्दा पहिला सचेतता अपनाउनुस्, साथै बीमाको बिजनेशमा पनि फोकस हुनुस् ।’

त्यस्तै, युनियन लाईफका सिईओ मनोज लाल कर्णले पनि बजारमा आक्रामक परिचालन भन्दा पनि सचेतता अपनाएर परिचालित हुन आफ्ना अभिकर्ता तथा कर्मचारीहरुलाई आग्रह गरिरहेका छन् । सिईओ भट्टराई र कर्ण जस्तै अन्य अधिकांश बीमा कम्पनीका सिईओ तथा उच्च अधिकारीहरु आफ्ना कर्मचारी तथा अभिकर्ताहरुलाई कोभिडबाट सेचतता अपनाउन जोड दिइरहेका छन् ।

Esewa
Crest

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपाली जीवन बीमा क्षेत्रमा समेत प्रभाव पारेको छ । कोरोना संक्रमण हुन नदिन जीवन बीमा कम्पनीहरुले डिजिटल प्लेटफर्मको प्रयोग गरेर तालिम, गोष्टि, पुनर्ताजगी तालिम दिइरहेका छन् । अभिकर्ताहरुलाई अझै दक्ष बनाउने मुख्य सिजन भदौं महिनामा अधिकांश बीमा कम्पनीहरुले प्रत्यक्ष अन्तरक्रिया, छलफल र विचार आदान प्रदान गर्न पाएका छैनन् । काठमाडौं, पोखरा, सुर्खेत, इलाम, धुलिखेल, जनकपुरमा घुमफिर गर्दै तालिम दिने अभिकर्ताहरु यस पटक घरैमा बसेर डिजिटल प्लेटफर्ममार्फत तालिम लिएर बजारमा खटिएको अवस्था छ । सरकारले यही असोज १ गतेदेखि लामो दुरीका सवारी साधन समेत सञ्चालन गरिसकेको छ ।

लकडाउन खुलेको र निषेधाज्ञा हटेको सन्दर्भमा दशैं, तिहार, म्हपूजा र छठ पर्व नजिकिँदै छ । जीवन बीमाको बचत संकलन गर्ने मुख्य सिजन समेत यही भएकोले जीवन बीमा कम्पनीहरुले आफ्ना डिस्ट्रीब्यूसन च्यानलमार्फत परिचालन गरिएको तर सचेततापूर्वक काम गर्न र कोभिडको जोखिम सक्किएको विश्लेषण नगर्न निर्देशन दिइएको ज्योति लाईफका सिईओ प्रकाश बिक्रम खत्री बताउँछन् । ज्योति लाईफलै जस्तै अधिकांश बीमा कम्पनीहरुले अहिले आफ्ना कर्मचारीहरुलाई कोभिडबाट जोखिदै, सचेत बन्दै बीमा व्यवसाय अघि बढाउन निर्देशन दिइरहेका छन् ।

महालक्ष्मी लाईफका सिईओ भट्टराई भन्छन्, ‘बढि जोखिम मोलेर काम गरिरहेका छ कि भनेर निरन्तर अनुगमन समेत गरिरहेका छौं ।’ उनका अनुसार कर्मचारी तथा अभिकर्ताहरु धेरै जना बिरामी परेको अवस्थामा अहिलेको गतिमा भइरहेको व्यापार समेत घट्ने हुँदा सुरक्षा पहिलो शर्त र दोस्रोमा व्यापारलाई राखिएको छ ।

त्यसो त एलआईसी नेपालका सिईओ एलपी दासले पनि आम सर्वसाधारणलाई सुरक्षित रहन निर्देशन दिइएको र सुरक्षा सुनिश्चितता भएपछि मात्रै बीमाको कुरा गर्न सिकाइएको बताउँछन् ।

कोरोना महामारीको समयमा सचेततापूर्वक काम अघि बढाउनु पर्ने नेशनल लाईफ इन्स्योरेन्सकी सिनियर एजेन्सी म्यानेजर तुलसी दर्शन बताउँछिन् । उनले भनिन्, ‘बीमाको व्यवसाय अघि बढाउँदा आफू, समुदाय, बीमित र कम्पनीका अन्य कर्मचारीहरुको सुरक्षामा एकदमै ध्यान दिएर काम गर्नुपर्ने अवस्था रहेको छ ।’ उनीजस्तै अधिकांश अभिकर्ताहरुले कोरोना भाइरसबाट सुरक्षित रहँदै व्यापार गर्दै आएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएमा आफू, परिवार, समाज र आफू सम्बद्ध कम्पनीमा समेत असर पुग्ने हुँदा अभिकर्ताहरुले एकदमै सचेत भएर व्यवसाय गर्नुपर्ने बताउँछन्, पेशागत अभिककर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारी । मुख्य व्यवसाय गर्ने समय आएकोले अत्तालिएर सुरक्षा मापदण्ड भन्दा बाहिर नजान सबै अभिकर्ताहरुले उनले आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS