काठमाडौं । काठमाडौंको एक मात्रा केवलकार आजदेखि खुल्ला गरिएको छ । थानकोटबाट चन्द्रागिरी डाँडामा रहेको भालेश्वर मन्दिरसम्म जाने केवलकार आजदेखि खुल्ला गरिएको कम्पनीले जनाएको छ । आजबाट कम्पनीले ५० प्रतिशत यात्रु राखेर केवलकार सञ्चालन गरिएको चन्द्रागिरी हिल्सले जनाएको छ । कम्पनीका ३२ वटै डिब्बा सञ्चालन गरिएको छ ।
आजबाट केवलकार खुल्ला भएसँगै अब राजधानीबासी घुमफिर गर्न जान पाउने भएका छन् । व्यक्तिगत दुरी कायम गर्दै निजि सवारीमा जोर बिजोर सिष्टम मिलाएर घुम्न जान पाउने भएका छन् । यद्यपि मनोरञ्जनको लागि चलचित्र हल तथा अन्य सामूहिक कार्यक्रमहरुलाई भने खुल्ला गरिएको छैन ।