काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ ।
काठमाडौँमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।