काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको शेयरमा आजबाट शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । कोषको संस्थापक समूहको ५० हजार कित्ता शेयरहरू प्रिमियर इन्स्योरेन्सले बोलकबोल प्रकृयाबाट बिक्री गर्न लागेको हो ।
त्यसैगरी, उक्त शेयरहरू खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रति कित्ता २ हजार ३ सय रुपैयाँमा नघट्ने गरि आजबाट आश्विन ४ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
लगानीकर्ताहरूले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।