काठमान्डौ : नेप्सेको आधिकारिक वेवसाईट र नेप्सेको टिएमएसमा फरक तथ्यांक देखिएको छ। फेरी सामान्य तल माथि होइन एक तिर नेप्से बढेको छ भने अर्को तिर घटेको छ।
नेप्सेको आधिकारिक वेवसाइटमा नेप्से परिसूचक ७ दशमलव ३५ अंकले बढेको छ भने टिएमसमा नेप्से परिसूचक ४ दशमलव ८२ अंकले घटेको छ ।
नेप्सेले बोलीमा अन्लाईन प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको दावी गर्दै आएको भने पनि नेप्सेको अनलाइन प्रणालीले सधै जस्तो कुनै न कुनै नयाँ नयाँ समस्या बोकेर आएको हुन्छ।
नेप्से टिएमएस भित्र देखिएको नेप्से परिसूचकमा गिरावट :
नेप्सेको आधिकारिक वेवसाइटमा देखिएको नेप्से परिसूचकमा वृद्धि :