काठमाडौं । रिचार्ज नगरेको कारणबाट सेवा बन्द गरिएको डिसहोममा विद्यार्थीहरुका लागि शैक्षिक सामग्री निःशुल्क रुपमा उपलब्ध हुने भएको छ । डिसहोमले कक्षा ९ र १० का विद्यार्थीलाई निःशुल्क अध्ययनको सुविधा दिने घोषणा गरेको छ ।
डिसहोमले कोरोना महामारीका कारण विद्यालय बन्द भई घरमै बस्न बाध्य विद्यार्थीहरुलाई लक्षित गरी सेवा बन्द भएका टिभीमा समेत निःशुल्क रुपमा अध्ययन गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।
डिशहोम मिडिया नेटवर्कका महाप्रवन्धक रमेश सापकोटाका अनुसार कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिकरुपमा प्रभावित डिशहोमका नियमित तथा अनियमित सबै ग्राहकलाई निःशुल्करुपमा ९ र १० को अध्ययन गर्ने सुविधा प्रदान गरिने छ । डिशहोमको च्यानल नं. १०१ मा यी कक्षाहरु सञ्चालन भइरहेको कम्पनीले जनाएकोछ ।