IME Life New

तिहारको माहोल सँगै बढ्यो नेप्से, कारोवार रकम २४ करोड ४५ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से परिसूचक साताको पहिलो दिन ११ दशमलव ९२ अङ्कले बढेर १२१९ दशमलव २० अङ्कमा बन्द भएको छ । कारोबार रकम २४ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

सबै क्षेत्रको परिसुचक उपसुचकमा हरीयाली छाएको छ । सबै भन्दा धेरै निर्जीवन बीमा क्षेत्रको परिसुचकमा १ दशमलव ५८ प्रतिशतले वृद्धि आएको छ ।
सबैभन्दा धेरै प्रभु बैंकको ४ करोड १७ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै लक्ष्मि लघुवित्त वित्तीय संस्थाको सेयरमा ६ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै श्रीजना फाईनान्सको शेयर १ दशमलव ८६ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ५८ प्रतिशतले बढेकोे छ भने ५ हजार ६ सय ३३ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ९१ प्रतिशतले बढेर ५ हजार ५ सय ८ को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको ७८ लाख ४३ हजार बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड ३६ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS