Connect IPS
IME Life

जीवन बीमा कोषमा बीमा शुल्कको योगदानको आधारमा एशियन लाईफ पहिलो, व्यवस्थापन खर्चमा एलआईसी उत्कृष्ट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुको अवस्था विश्लेषण गर्दा जीवन बीमा कोषमा बीमा शुल्कको योगदानको प्रतिशत विश्लेषण गर्दा एशियन लाईफ इन्स्योरेन्स कम्पनी शत प्रतिशत योगदान सहित पहिलो हुन सफल भएको छ । त्यस्तै व्यवस्थापन खर्चको आधारमा हेर्दा एलआईसी नेपाल सबैभन्दा न्यूनतम खर्च सहित उत्कृष्ट देखिएको छ ।

बीमा कम्पनीले आर्जन गर्ने बीमा शुल्क र खर्चको अनुपातका आधारमा जीवन बीमा कोषमा रकम जम्मा हुने गर्दछ । व्यवस्थापन खर्च कम गर्ने तथा बढि प्रतिफल प्राप्त क्षेत्रमा लगानी गरेका बीमा कम्पनीहरुको यस्तो अनुपात उच्च हुने गर्दछ भने बढि खर्च गर्ने र न्यून आय भएका क्षेत्रमा लगानी गर्ने कम्पनीहरुको यस्तो रेसियो न्यून हुने गर्दछ । साथै नयाँ कम्पनीहरुको समेत यस्तो रेसियो न्यून आउने गर्दछ । साथै म्यादी बीमा गरेका कम्पनीहरुको यस्तो रेसियो न्यून आउने गर्दछ ।

Prabhu
Crest

गत आर्थिक वर्षको असार मसान्त सम्मको अवस्था विश्लेषण गर्दा एलईआसी नेपाल दोस्रो स्थानमा छ । सो कम्पनीले ९१.६१ प्रतिशत योगदान सहित दोस्रो स्थानमा छ । त्यस्तै तेस्रो स्थानमा गुराँस लाईफ इन्स्योरेन्स पर्न सफल भएको छ । गुराँस लाईफ इन्स्योरेन्सको जीवन बीमा कोषमा बीमा शुल्कको योगदान ८२.६४ प्रतिशत रहेको छ । त्यस्तै नेपाल लाईफ चौथो स्थानमा परेको छ । झण्डै एक खर्बको जीवन बीमा कोष रहेको नेपाल लाईफमा बीमा शुल्कको योगदान जम्मा ७९.१८ प्रतिशत रहेको छ । त्यस्तै प्राईम, नेशनल, सूर्या लाईफको ७५ प्रतिशतभन्दा माथि छ ।
नयाँ कम्पनी ज्योति लाईफ ६७ प्रतिशतसहित सबैभन्दा माथि छ । त्यस्तै सानिमा लाईफ र सबैभन्दा कान्छो कम्पनी महालक्ष्मी लाईफको समान ६४ प्रतिशतसहित नयाँ कम्पनीको सूचिमा दोस्रोमा परेका छन् । त्यस्तै प्रभु लाईफ, आईएमई लाईफ सन नेपाल लाईफ, सिटिजन लाईफको यस्तो प्रतिशत ५० प्रतिशत भन्दा माथि छ ।

केही कम्पनीहरुको अवस्था भने ५० प्रतिशत भन्दा तल छ । युनियन लाईफ, मेट लाईफ र रिलायबल लाईफको क्रमशः ४५, ३८ र ३७ प्रतिशत छ । उल्लेखित तीन वटै कम्पनीहरुको म्यादी धेरै जारी गर्ने कम्पनीहरु हुन् ।

त्यसैगरी व्यवस्थापन खर्चको आधारमा एलआईसी नेपाल सबैभन्दा कम ७ प्रतिशत व्यवस्थापन खर्च गरेर उत्कृष्ट बन्न सफल भएको छ भने दोस्रोमा नेपाल लाईफ र नेशनल लाईफले समान ९।९ प्रतिशत खर्च गरेका छन् । त्यस्तै, मेट लाईफको जम्मा ११ प्रतिशत छ भने एशियन र गुराँस लाईफको समान १४ प्रतिशत छ । प्राईम लाईफको १८ प्रतिशत, सूर्या लाईफ र युनियन लाईफको १९ प्रतिशत र ज्योति लाईफ २० प्रतिशत खर्च गरेका छन् । सबैभन्दा बढि खर्च गर्ने रिलायन्स लाईफ छ । उसको ३४ प्रतिशत खर्च छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS