IME Life New

रिद्धि सिद्धि सिमेन्टद्धारा ६२ जना कोरोना संक्रमितलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले हेटौंडाको गौरीटार आईसोलेसन वार्डमा रहेका ६२ जना कोरोना भाइरसका संक्रमितहरुलाई फलफुल र रोग प्रतिरोधात्मक क्षमता बढाउने खाद्य सामग्री सहयोग गरेको छ ।

रिद्धि सिद्धि सिमेन्टले संक्रमित भई आईसोलेसनमा रहदा पनि घर परिवारसंग सम्पर्क कायम राख्न नेपाल टेलिकमको २०० बराबरको रिर्चाज कार्ड र एक थान तातो पानी खाने कप लगाएत बिभिन्न सामाग्री बितरण गरेको छ ।

Esewa
Crest

सोही क्रममा रिद्धि सिद्धि सिमेन्टका क्षेत्रिय बिक्रि प्रबन्धक बिक्रम खतिवडाले स्थानीय समुदायको दुख सुखको सारथी बन्न रिद्धि सिद्धि सिमेन्ट सदैब तैयार रहेको बताए ।

हेटौंडा उप महा नगरपलिकाका प्रमुख हरि बहादुर महतले संक्रमितहरुको हौसला बढाउदै सचेत रहि स्वस्थ खानपिन एंव नियमित ब्यायाम गर्ने हो भने कोरोना मात्रै हैन भबिस्यमा समेत सजिलै कुनै रोगको शिकार हुनु नपर्ने बताएका छन् ।

मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले सकारात्मक सोचको बिकास गर्दै सुरक्षित रहि उद्योग धन्दा ब्यापार ब्याबसाय सुचारु गर्नुपर्ने बताएका छन् ।

हेटौंडा अस्पताल बिकास समितिका अध्यक्ष प्रकाश पौडेलले उद्योगिहरुले देखाएको सदासाहयताको भाबले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताए ।

कार्यक्रममा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधब न्यौपाने उपाध्यक्ष राम प्रसाद न्यौपाने बडा नंम्बर ६ अध्यक्ष अर्जून चौलागाई कर्रा आईसोलेसान वार्डका ईन्चार्ज भोला चौलागाई गौरिटार आईसोलेसान वार्डका ईन्चार्ज डा। सागर काफ्ले लगाएत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS