काठमाडौं । एनसेलले एमईई दिएका विद्यार्थीहरुलाई एक रुपैयाँमा नयाँ सिमकार्ड दिने घोषणा गरेको छ । यद्यपि यो उसको आफ्नो ग्राहकसँग बृद्धि गर्ने रणनीति अन्तर्गत निःशुल्क सिम वितरण गर्न लागेको हो ।
एनसेलले २०७६ सालको एसईई दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ अन्तर्गत १ मा प्रिपेड सिमको खरिदका साथै निःशुल्क ‘माई फाइभ’ सेवा र बोनस डेटा दिने घोषणा गरेको छ ।
उक्त योजना अन्तर्गतको सिम लिनको लागि विद्यार्थीको एसईई परीक्षाप्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि र एक प्रतिफोटो आवश्यक पर्ने जनाएको छ ।
सिम लिएपछि निःशुल्क माइ फाइभ सेवाका लागि आफुलाई सधै सम्पर्कमा रही रहनुपर्ने पाँच वटा एनसेलहरु सजिलैसँग माइफाइभ समुहमा सेट गर्न मिल्ने कम्पनीले जनाएकोछ । आफन्त तथा साथीहरुको नम्वर ‘माई फाइभ’ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा निःशुल्क कुराकानी गर्न सक्नेछन् ।