काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेर ९६ हजारमा ४०० मा कारोबार भइरहेको छ । एक लाख ३ हजार भन्दा माथ पुगेको सुनको मूल्य केही दिनदेखि लगातार घट्दै ९६ हजारमा टेकेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँ तोकिएको छ । त्यस्तै, शुक्रबारका लागि सेतो धातु चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३१० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा लगातार गिरावट आएकोको कारण नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो । गोल्ड प्राईसका अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य केही दिनदेखि लगातार घटेर प्रति औस १९३२ डलरमा कारोबार भइरहेको थियो । यसअघि दुई हजार १०० डलर प्रति औस भन्दा माथ पुगेको थियो ।