काठमाडौं । बीमा समिति कर्मचारी युनियनले हिजो बिज्ञप्ति निकालेर बीमा समितिले दुई जना कर्मचारीको अकारण गरेको सरुवाको विरोध गरेको छ ।
बीमा समिति कर्मचारी युनियनका अध्यक्ष पूर्ण थापाले हिजो बिज्ञप्ति मार्फत विभेदपूर्ण तरिकाले गरिएको कर्मचारी सरुवाले कोरोना महामारीमा कर्मचारीको मनोबल घटाउने काम गरेको उल्लेख छ । बीमा समिति प्रशासनले कुनै मापदण्ड नबनाई बर्षमा तीन पटकसम्म कर्मचारी सरुवा गर्ने गरिएको उल्लेख गर्दै आगामी दिनमा यस्ता गलत कार्य रोक्न माग गरिएको छ ।