Connect IPS
IME Life

विश्वभर कोरोना संक्रमितको संख्या साढे दुई करोड नाघ्यो, आठ महिनामा ८ लाख ६१ हजारको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन् २०१९ को अन्त्यबाट चीनको वुहान हुँदै विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या साढे दुई करोड नाघेको छ । विश्वका २१३ वटा देश तथा स्वतन्त्र टापुमा फैलिएको कोरोना भाइरसबाट आठ महिनामा कूल आठ लाख ६१ हजार २७७ पुगेको छ । वल्र्डोमिटरर्सले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म दुई करोड ५९ लाख पाँच हजार ८७५ जना विश्वभरका मानिसमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ । सो मध्ये एक करोड ८१ लाख मानिस निको भइसकेका छन् भने अझै ६८ लाख ४७ हजार ८५ जना मानिस कोरोना भाइरससँग लडिरहेका छन् ।

हालसम्मको तथ्याङ्क अनुसार निको भएको र मृत्यु भएका मानिसको अनुपात ९५ः५ रहेको छ । अर्थात ९५ जना निको हुँदा पाँच जना मरेका छन् । तर, यो तथ्याङ्कबाट भारतको तथ्याङ्क झिकिदिने हो भने निको हुने र मृत्यु हुनेको अनुपात अझै बृद्धि हुने अनुमान गरिएको छ ।

Prabhu
Crest

पछिल्लो तथ्याङ्क अनुसार भारत, अमेरिका, ब्राजिल, क्यानाडा लगायतका देशहरुमा कोरोना भाइरसको महामारीको प्रकोप फैलिने क्रममा छ । अमेरिका र भारतमा दनिक ६० हजार भन्दा बढि र ब्राजिलमा दैनिक ३० देखि ५० हजारको हाराहारीमा नयाँ कोरोना संक्रमित फेला पर्ने गरेका छन् । हालसम्म सबैभन्दा धेरै अमेरिकामा एक लाख ८८ हजार ९०२ जनाको मृत्यु भएको छ भने दोस्रोमा ब्राजिल एक लाख २२ हजार र तेस्रोमा भारत ६६ हजार जनाको मृत्यु भएकोछ । अमेरिकामा कूल संक्रमितको संख्या ६२ लागि नाघेको छ भने ब्राजिलमा ३९ लाख कूल संक्रमित छन् । उता, विश्वकै सबैभन्दा धेरै दैनिक संक्रमित फेला परेको भारतमा हालसम्म ३७ लाख भन्दा बढि कोरोना संक्रमित फेला परेका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसबाट भारतमा दैनिक झण्डै ८० हजार संक्रमित थपिइरहेका छन् । हिजो ७८ हजार संक्रमित भेटिएका थिए भने एक हजार २५ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको महामारी अझै फैलिने क्रममै देखिएको छ । कडा लकडाउन नगरी अर्थतन्त्रलाई जोगाउन आंशिक रुपमा खुल्ला गरिएको कारण कोरोना भाइरसको प्रकोप भारतमा निकै बढेको विश्लेषकहरुले औल्याएका छन् । यद्यपि भारतमा विश्वकै सबैभन्दा बढि प्रतिशत कोरोना रोगी निको भएका समेत छन् । उता, कोरोनाकै कारण भारतको अर्थतन्त्रमा २३ प्रतिशत भन्दा बढिले संकुचन आएपछि प्रधानमन्त्री नरेन्द्र मोदीकै आलोचना सुरु भएको छ ।

त्यस्तै, अमेरिकामा कोरोना भाइरसको महामारीका बीचमा निर्वाचनको चहल पहल सुरु भएको छ । निर्वाचनको चहल पहलकै कारण सन् २०२० भित्र कोरोना नियन्त्रण नआउने बरु झनै बढ्ने चेतावनी विश्लेषकहरुले दिइसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS