काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा एक सय ९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना संक्रमित थपिएका छन्।