काठमाडौं । समाज लघुवित्तको आईपिओ केहीबेर अघि बाँडफाँड सम्पन्न भएको छ । समाज लघुवित्तले निष्काशन गरेको आईपिओको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज बाँडफाँड गरेको हो । सो बाँडफाँडमा ५५८ आवेदकको आवेदन दोहोरो परेकाले रद्द गरिएको जानकारी दिँदै कूल पाँच लाख ४५ हजार ३७० आवेदकको आवेदन गोलाप्रथामा समावेश गरिएको छ । सिद्धार्थ क्यापिलले आईपिओ बाँडफाँड गर्दै एक करोड १४ लाख ६४ हजार ९२० कित्ता शेयर मात्रै आईपिओको लागि योग्य भएको जनाएको छ ।
कूल आठ लाख ७० हजार कित्ता शेयरको लागि जारी गरिएको समाज लघुवित्तको आईपिओ जम्मा आठ हजार ७० जनाले मात्रै पाउनेछन् । बाँकीको हात रित्तो हुनेछ । आजै साँझसम्म नतिजा सार्वजनिक हुने जनाइएको छ । उक्त नतिजा सार्वजनिक भएपछि इन्स्योरेन्स खवरको लिङ्कमा गएर हेर्न सक्नुहुनेछ ।