IME Life New

रिचार्जरले शुन्य % व्याजदरमा किस्ताबन्दीमा सामान दिने, ५ बैंकसँग गर्यो सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिचार्जरले ५ वटा वाणिज्य बैंकसँग छुट सम्झौता गरेको छ । भदौ ११ गतेदेखि सुरु भएको मेगा ग्याजेट्स सेल मेलामा सेवाग्राहीलाई शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउन वाणिज्य बैंकहरुसँग छुट सम्झौता गरिएको रिचार्जरले बताएको छ ।

रिचार्जरले एनआईसी एशिया बैंक, सुद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक र मेगा बैंकसँग शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउने सम्झौता गरेको हो ।

Esewa
Crest

सम्झौता अनुसार भदौ ११ देखि १८ गतेसम्म चल्ने मेगा ग्याजेट्स सेलमा उल्लेखित ५ वाणिज्य बैंकको क्रेडिट कार्ड भएका ग्राहकले शुन्य प्रतिशत व्याजदरमा किस्ता बन्दीमा सामान खरिद गर्न सक्ने जनाएको छ ।

कार्ड नभएकाहरुले रिचार्जर एपको इएमआईमा गएर किन्न चाहेको सामान छनौट गरी किस्ताबन्दीका लागि आवेदन दिन सक्ने छन्। कम्पनीका अनुसार यसरी आएको आवेदनको आधारमा बैंकहरुले सेवाग्राहीलाई आम्दानीको स्रोतका आधारमा क्रेडिट कार्ड जारी हुनेछ ।

लकडाउनका बेला सेवाग्राहीलाई छुटसहितको अफरमा घरमै किस्ताबन्दीमा सामान उपलब्ध गराउन बैंकहरुसँग यस्तो सम्झौता गरिएको रिचार्जरले जनाएको छ । सेल अवधिमा १८ महिनासम्मको किस्ताबन्दीमा शुन्य प्रतिशत व्याजदरमा सामग्री किन्न सकिने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।

ब्रान्डेड सामग्रीहरूको मेगा सेल ग्याजेट्स मेला अवधिमा दैनिक रुपमा सञ्चालन हुने ह्याप्पी आवरमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका सामान गरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कोभिड संक्रमण जोखिमलाई ध्यानमा राख्दै सुरक्षा उपहरणहरु, विभिन्न ब्रान्डका मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिजजस्ता विद्युतीय उपकरणका साथै जुत्ता, कपडा, झोला, पफ्र्युम लगायतका सामान पनि ५० प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने जनाएको छ ।

त्यस्तै, सेलमा ‘बाई वान गेट वान फ्री को अफर समेत सञ्चालन हुनेछ । किस्ताबन्दीका साथै नगद भुक्तानी वा क्यास अन डेलिभरीबाट कुनै पनि किसिमको ग्याजेट्स तथा कोभिड प्रोटेक्टिभ प्रोडक्ट खरिद गर्दा मास्क र स्यानिटाइजर अनिवार्य रुपमा निशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ । सेल अवधिमा सामान किन्नेहरु मध्येबाट एक जनालाई रिचार्जरले आईफोन ११ बितरण गर्ने समेत जनाएको छ ।

भदौ ३ गतेदेखि १९ गतेसम्ममा रिचार्जर एप डाउनलोड गरी खाता सञ्चालन गर्नेहरु मध्येबाट एक जनालाई गोलाप्रथाबाट आईफोन एसई उपलब्ध गराउने रिचार्जरले जनाएको छ । यस्तै हरेक दिन सञ्चालन हुने फेसबुक पेज लाइभ प्रश्नोत्तरमा सहभागि हुनेहरुलाई आकर्षक उपहार उपलब्ध गराइने रिचार्जरले जनाएको छ । सेल सुरु भएका दिनदेखि हरेक दिन साँझ ६ बजे रिचार्जरको फेसबुक लाइभमार्फत उपहार विजेता घोषणा गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS