Connect IPS
IME Life

एनआरएन इन्फ्रास्टक्चरको आईपीओ शेयरधनीको डिम्याट खातामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट कम्पनीको आईपीओ शेयरधनीको डिम्याट खातामा आएको छ । कम्पनीको शेयर ‘एनआरएन’ संकेतबाट शेयरधनीको डिम्याट खातामा जम्मा भएको हो । कम्पनीले आइपीओको बाँडफाँड साउन २७ गते गरेको थियो ।

आईपीओ बाँडफाँड गरेको १२ औं दिनमा कम्पनीले शेयरधनीको डिम्याट खातामा शेयर पठाएको हो । उक्त कम्पनीको आईपीओमा ४ लाख १७ हजार ९५८ जनाबाट रू। १ अर्ब ५३ करोड बराबरको आवेदन परेको थियो ।

Prabhu
Crest

आईपीओमा आवेदन गर्ने ३ लाख २० हजार ६१४ जना आवेदकले गोलाप्रथाबाट १० कित्ता शेयर पाएका थिए । कम्पनीले ३३ लाख ९८ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।

जसमध्ये १ लाख ६९ हजार ९०२ कित्ता सामुहिक लगानीकोषको लागि छुट्याएको,६७ हजार ९६१ कित्ता कर्मचारीको लागि र बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि विक्री खुल्ला गरिएको थियो ।

कर्मचारीका लागि सुरक्षित गरेकोमध्ये ४५ हजार ९५७ कित्ता विक्री नभएपछि सो शेयरसमेत थपेर सर्वसाधारणको लागि ३२ लाख ६ हजार १४० कित्ता शेयर बाँडफाँड भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS