काठमाडौं । डिसहोमले ग्राहकलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि १० दिनसम्म म्याद थप दिने भएको छ । कम्पनीले यसअधि शुल्क समाप्त भइसके पछि ५ दिनसम्म थप म्याद दिदै आएकोमा अहिले १० दिन पुर्याएको हो ।
यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिने कम्पनीले जनाएको छ । उक्त प्रक्रिया झँझट रहित स्वचालित सेल्फ–सर्भिस मोडल प्रणालीमार्फत् संचालित हुने र सेवा सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु नपर्ने कम्पनीले जानकारी दिएको छ ।
डिसहोम क्रेडिट सर्भिस खुलाउनको लागि मोबाइलको मेसेज बक्समा गई क्रेडिट कस्टमर आइडी टाईप गरि उक्त ३२५०० मा म्यासेज पठाउनु पर्ने हुन्छ । १० दिनको क्रेडिट प्राप्त भएको जानकारी मोबाइलमा प्रप्त हुने कम्पनीले जनाएको छ ।