IME Life New

१९ जीवन बीमा कम्पनीले एक वर्षमा बीमा अभिकर्तालाई वितरण गरे झण्डै ११ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । १९ वटा जीवन बीमा कम्पनीहरुले गत वर्षको अन्त्य सम्ममा बीमा अभिकर्तालाई कमिशनबापत बापत १० अर्ब ६२ करोड ३८ लाख ८१ हजार रुपैयाँ वितरण गरेका छन् ।

बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत आवको असार मसान्तसम्मा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई तीन अर्ब १४ करोड रुपैयाँ खर्चिएको छ । उनले प्रथम बीमा शुल्क तथा नविकरण बीमा शुल्क बापत सो कमिशन वितरण गरेको हो ।

Esewa
Crest

दोस्रो लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपालले असार मसान्तसम्ममा १ अर्ब ५५ करोड रुपैयाँ बीमा अभिकर्तामा खर्चिएको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेनस कम्पनी रहेको छ । कम्पनीको अभिकर्ता चौथौ त्रैमासको अवधिसम्ममा ९१ करोड १० लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको छ ।

त्यस्तै, युनियन लाइफले चौथौ त्रैमाससम्ममा अभिकर्ता कमिशन बापत ९० करोड रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सले ५० करोड रुपैयाँ, मेट लाइफले ४० करोड रुपैयाँ, सिटिजन लाइफले ३६ करोड रुपैयाँ, प्राइम लाइफले ३५ करोड रुपैयाँ, सूर्या लाइफले ३४ करोड रुपैयाँ, ज्योति लाइफले २९ करोड रुपैयाँ अभिकर्ता कमिशनमा खर्चिएका छन् ।

त्यसैगरी, रिलायन्स लाइफले २५ करोड रुपैयाँ, गुराँस लाइफले २५ करोड रुपैयाँ, आइएमई लाइफले २५ करोड रुपैयाँ, रिलायबल लाइफले २५ करोड रुपैयाँ सन नेपाल लाइफले २० करोड रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले १८ करोड रुपैयाँ, प्रभु लाइफले १६ करोड रुपैयाँ, सानिमा लाइफले १५ करोड र महालक्ष्मी लाइफले ११ करोड रुपैयाँ बीमा अभिकर्ता कमिशनमा खर्चिएका हुन् । जीवन बीमा कम्पनीहरुले गत वर्ष ८५ अर्बभन्दा बढि खुद बीमा शुल्क आर्जन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS