IME Life New

काठमाडौंभित्रका २१६ जनामा कोरोना, थप ६३४ जनामा कोरोना पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राजधानी काठमाडौं उपत्यकाभित्र आज एकै दिन २१६ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण अवस्था भयावह बन्दै जाँदा कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै गएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लाका १६० जना भक्तपुर जिल्लाका ५० जना र ललितपुर जिल्लाका ६ जना सहित २१६ जनाका कोरोना पुष्टि भएको हो ।

मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा देशैभरि ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार कूल १२ हजार ५१९ जनाको नमुना संकलन गरी पिसिआर परिक्षण गर्दा पर्साका ५९ जना, मोरङका ५२, सिराहाका ३५, मकवानपुरका ३२, सुनसरीका ३१, बाँकेका २८, चितवनका २७, रुपन्देहीका २३, झापाका १७, कास्कीका १६, कपिलवस्तुका १५, कैलालीका १४ र बाराका १० जना सहित कूल ६३४ जनाका कोरोना भाइरस पुष्टि भएको जनाएको छ ।

Esewa
Crest

शनिबार बर्दिया, सल्यान, दोलखा, भोजपुर, धनुषा, रौतहट, सप्तरी, काभ्रे, नवलपुर र नवलपरासी, धादिङ, नुवाकोट, तनहुँ, जुम्ला र सुर्खेत, इलाम, संखुवासभा, महोत्तरी, सर्लाही, सिन्धुली, बाग्लुङ, स्याङ्जा, पाल्पा, प्युठान, रोल्पा, डडेलधुरा र डोटी गरी कूल ४३ जिल्लाका मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

नेपालभित्र कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । कोरोना भाइरसबाट हालसम्म १४६ जनाको मृत्यु भएको छ । पछिल्लो पटक पर्सा, धरान, चितवन, सिराहा लगायतका स्थानमा कोरोनाबाट मृत्यु हुनेहरु थप एका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS