काठमाडौं । पछिल्लो २४ घण्टामा राजधानी उपत्यकाका तीन वटा जिल्लामा २०८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । काठमाडौंमा १८२, ललितपुरमा २५ र भक्तपुरमा एक जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरिबाट २५० जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशैभरिमा जम्मा सक्रिय संक्रमितको संख्या १२ हजार १३२ पुगेको छ ।
यसैबीच, राजधानी काठमाडौंमा आज थप एक जनाको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड अस्पतालमा एक जना ७७ बर्षिय बृद्धको मृत्यु भएको हो ।