Connect IPS
IME Life

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु, बुटवल, बीरगन्ज र सप्तरीमा थप मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना भाइरसको संक्रमण नपत्याउने तरिकाले भयावहको संकेत दिन थालेको छ । आजै मात्रै राजधानीको पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ भने बीरगन्ज र सप्तरीमा पनि कोरोना सम्बद्ध थप मृत्यु भएको खवर छ ।

ललितपुरको पाटन अस्पतालमा स्थापना गरिएको कोभिड अस्प्तालमा उपचार गराइरहेका दोलखाकी ३० वर्षीया महिला र सर्लाही मलंगवाका ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ । दोलखाका ति पुरुष यही भदौ २ गते अस्पताल भर्ना भएका थिए । त्यस्तै, सर्लाहीकी महिलामा भने साउन २८ गते अस्पतालमा भर्ना भएको खुलेको छ ।

Prabhu
Crest

राजधानी र आसपासका क्षेत्रहरुमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ भने मृत्यु हुने दर समेत बृद्धि हुँदै गएको छ ।
यसैबीच, मध्य नेपालको बुटवल, पूर्वी नेपालको सप्तरी र रौतहटमा पनि कोरोना सम्बद्ध मृत्यु भएको खवर प्राप्त भएको छ । आज बिहानै बुटवलस्थित कोरोना विशेष अस्पतालमा प्युठानका एक संक्रमितको मृत्यु भएको छ । त्यस्तै, रौतहटका एक कोरोना संक्रमित व्यक्तिको बीरगन्जस्थित नारायणी कोभिड अस्पतालमा आजै मृत्यु भएको छ । उता, सप्तरीमा आज विहानै एक व्यक्तिको मृत्यु भएपनि कोरोना पुष्टि भइसकेको छैन । सास फेर्न गाह्रो भएर सप्तरीकी ३२ बर्षिय महिलाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । चार दिनदेखि उच्च ज्वरो आएकोमा आज विहान धरान लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको स्थानीयबासीले जनाएका छन् । उनको स्वाव परिक्षणको लागि नमुना लिइएको छ ।

यसैबीच, चितवनमा समेत कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । नयाँ अद्यावधिक तथ्याङ्क अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा १२६ जना उल्लेख गरेको थियो । हाज विराटनगरमा १, ललितपुरमा २, बुटवलमा १, बारामा १, पर्सा १ र चितवनमा १ जनाको मृत्यु भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS