Connect IPS
IME Life

शेयर कारोबार त खुल्यो, राफसाफमा कठिन, बैंक नखुल्दा झनै गाह्रो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले स्थानीय प्रशासनबाट जारी गरेको निषेधाज्ञामा शेयर कारोबार खुल्ला गरेको छ । आज बिहिवार शेयरको मूल्य समेत बृद्धि भएपछि शेयर कारोबारमा सर्वसाधारणको समेत उल्लेख्य सहभागिता देखियो । तर, शेयर कारोबार भएपनि राफसाफमा भने समस्या पर्ने देखिएको छ । स्टक ब्रोकर कार्यालय, मर्चेन्ट बैंकर र बैंक सहज रुपमा खुल्ला हुँदा मात्रै शेयर कारोबार सहज हुन्छ ।

अनलाईनबाट शेयर खरिद बिक्री भएपछि शेयर बजार सम्बन्धी निकै लामो र झन्झिटिलो प्रक्रियामा पाँच वटा निकायबीच समन्वय आवश्यक पर्दछ । नेप्सेले बिक्री गरेको शेयर सिडिएससीमार्फत कारोबार हुन्छ । कारोबार भएको शेयरको भुक्तानी लगायतको प्रक्रियाको लागि पुनः स्टक ब्रोकर र बैंकको आवश्यकता पर्दछ । शेयर खरिद गर्नेको खाताबाट शेयर बिक्री गर्नेको खातामा रकम जम्म हुनु पर्दछ भने शेयर बिक्री गर्नेको खाताबाट खरिद गर्नेको खातामा जम्मा हुनुपर्दछ ।

Prabhu
Crest

यो लामो र झन्झटिलो प्रक्रियाको लागि नेप्से मात्रै खुलेर शेयर कारोबार सम्भव छैन । आज जस्तै प्रहरीले उपत्यकामा हिडडुलका लागि कडाई गरेको अवस्थामा शेयर खरिद बिक्री भएपछि राफसाफको लागि भने निकै समय लाग्ने देखिन्छ । जसका कारण बिक्री गरिसकेको शेयर बिक्रेताको खातामा देखिने र खरिद गर्नेको बैंकको रकम नकाटिने समस्या हुनसक्नेछ । विशेष परिस्थिति भनेर टी+३ दिनको राफसाफ प्रक्रियालाई थप लम्ब्याउन सकिने भएपनि निषेधाज्ञामा शेयर कारोबार निकै कठिन हुने देखिएको छ ।

यसैबीच, स्टक ब्रोकर एसोशियसनका अध्यक्ष भरत रानाभाटले ब्रोकर कम्पनी नजिक बस्ने कर्मचारी लगायतबाट न्यूनतम् कर्मचारीबाट कार्यालय सञ्चालन गरिएको बताए । उनले आज निकै कठिन भएपनि भोलिबाट केही सहज हुने आशा व्यक्त गरेका छन् । उनले न्यूनतम् कर्मचारीबाट कार्यालय सञ्चालन गरिएकोले राफसाफ सम्बन्धी कार्य जारी राखिएको जनाएका छन् ।

त्यसैगरी, सिडिएससीले पनि न्यूनतम् कर्मचारीबाट कार्यालय सञ्चालन गरिएको र शेयर राफसाफ प्रक्रिया भइरहेको जनाएको छ ।
तर, बिहिवार अधिकांश बैंकका शाखा कार्यालयहरु बन्द हुँदा शेयर राफसाफमा भने निकै समस्या परेको स्टक ब्रोकर कम्पनीका अधिकारीहरुले जनाएका छन् । सिडिएससीले भौतिक रुपमा शेयर राफसाफ गर्न भने कठिन रहेको प्रष्ट पारेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS