IME Life New

अर्थमन्त्री डा. खतिवडासहित एक दर्जन मन्त्री हटाउने तयारी, को को बन्दैछन् नयाँ मन्त्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद लगभग समाधान भएको छ । विवाद समाधान प्रक्रियालाई अन्तिम रुप दिँदै वर्तमान मन्त्रिण्डलमा रहेका एक दर्जन मन्त्रीहरुलाई हटाउने तयारी सुरु भएको छ । हटाइने मन्त्रीहरुमा अर्थमन्त्री डा. युवराज खतिवडा समेत रहेका छन् । नेकपा (नेकपा) भित्रको विवाद मिलाउन गठन गरिएको कार्यदलले दुई वर्ष पूरा भएका मन्त्रीहरु हटाएर नयाँ मन्त्री समावेश गर्ने विषयमा लगभग सहमति भइसकेको छ ।

राजनीतिक सहमतिको आधारमा अर्थमन्त्री डा. युवराज खतिवडा दुई वर्ष छ महिना लामो कार्यकाल सकेर विदा हुने भएका छन् । उनको सांसद पद समेत भदौं २० गतेबाट सकिने हुँदा नयाँ अर्थमन्त्रीमा सुरेन्द्र पाण्डेको सम्भावना बलियो रहेको नेकपा निकट सूत्रहरुले जनाएको छ । सम्भवत निषेधाज्ञाकै बीचमा यसै साता मन्त्रिमण्डल पुनर्गठन हुनेछ । हाल विकास भएको सहमतिमा कुनै संकट आई नपरेमा दुई वर्ष नपुगेका स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटन मन्त्री योगेश भट्टराई सहित दुई वर्ष पुगेका अर्थमन्त्री डा. युवराज खतिवडा, उर्जा मन्त्री वर्षमान पुन, भूमि व्यवस्था मन्त्री पद्मा अर्याल, गिरिराजमणि पोखरेल, उद्योग मन्त्री लेखराज भट्ट, वन मन्त्री शक्ति बस्नेत, खानेपानी तथा सरसफाई मन्त्री बिना मगर, रामेश्वर राय यादव, जगत बहादुर विश्वकर्मा हट्ने छन् ।

Esewa
Crest

त्यस्तै दुई वर्ष पुरा भइसकेका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली, उपप्रधानमन्त्रीहरु राम बहादुर थापा बादल र रक्षा मन्त्री ईश्वर पोखरेल तत्काल नहट्ने जनाइएको छ । यद्यपि सहमति कार्यान्वयनको चरणमा अझै थप लेनदेन हुनसक्ने जनाइएको छ ।

पुनर्गठित मन्त्रिपरिषदमा सुरेन्द्र पाण्डे अर्थमन्त्री, जनार्दन शर्मा उर्जा मन्त्री, महेश बहादुर बस्नेत, सञ्चार मन्त्री हुने लगभग निश्चित भएको जनाइएको छ । त्यस्तै यज्ञराज सुनुवार, कल्याणी खड्का, कृष्ण गोपाल श्रेष्ठ, पम्फा भुषाल, टोप बहादुर रायमाझी पनि मन्त्री बन्ने लाइनमा रहेको बताइन्छ । त्यस्तै अर्का नेता भिम रावलले भने मन्त्री बन्न अस्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS