काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एकै दिन १०१६ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको जनाएको छ । हालसम्म कोरोना भाइरसबाट संक्रमित रहेकाहरुको संख्या १०५६३ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म १७५८० जना डिस्चार्ज भइसकेका छन् ।
२८२५७ जना कोरोनाबाट संक्रमित भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, आईसियुमा कूल ११६ जनाको आईसियुमा उपचार भइरहेको छ । प्रदेश नं १ मा ४, प्रदेश नं २ मा ४६, बागमति ५२ गण्डकी ६, प्रदेश ५ मा १० जनाको कोरोनामा राखेर उपचार भइरहेको छ । त्यस्तै बागमति प्रदेशमा भेन्टिलेटरमा ८ जना भेन्टिलेटरमा उपचाररत छन् ।