IME Life New

सडकमा हिड्दा हिड्दै मर्न थाले कोरोना संक्रमित, आज एकैदिन १० जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण भयानक अवस्थामा पुग्न थालेको संकेत दिएको छ । आज बीरगन्जमा एक जना युवक सडकमा हिड्दै हिड्दै मृत्यु भएको छ । उनको स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएपछि कोरोना भाइरसको संक्रमण डरलाग्दो अवस्थामा पुगेको देखिएको हो । आज एकै दिन १० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीका ३८ वर्षीय युवक हिजो अपरान्ह ३ बजेको समयमा बीरगन्ज–१६ नगवास्थित सडकमा हिडिरहेका थिए, अस्वस्थ बने । अस्पताल पुर्याउने कोही थिएन, त्यही ढले र मृत्युवरण गरे । केहीबेरपछि प्रहरीले मृत अवस्थामा फेला पार्यो । आवश्यक प्रक्रिया पूरा गरी मुचुल्का उठाएर शव पोष्ट मार्टमका लागि अस्पतालमा पुर्यायो । नारायणी अस्पतालमा स्वाब संकलन गरी परिक्षण गर्दा कोरोना पोजेटिभ आयो । बल्ल उनको मृत्युको रहस्य खुल्यो–हिड्दा हिड्दै कोरोनाको संक्रमणबाट मृत्यु । तराईमा केही दिनदेखि कोरोना संक्रमितहरुले उपचार गर्न नभ्याएर मृत्युवरण गर्दै आएका छन् । बिरामी हजुरआमालाई हेरचाह गर्दै गरेकी १८ बर्षिय युवती र अर्की २३ बर्षिय लामा थरकी युवतीको अस्पताल पुर्याउन नभ्याउँदै मृत्युवरण गरेका थिए । हिजो बाराका युवा बीच सडकमा हिड्दा हिड्दै मृत्यु भएपछि नेपालमा कोरोना भाइरसको संक्रमण भयावह अवस्थामा पुग्न लागेको संकेत दिएको छ ।

Esewa
Crest

यसैबीच, बुधबार एकै दिन १० जना जना मृतकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाराको युवक बाहेक बाँकी ९ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार जनकपुरका ३८ बर्षिय महिलाको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा, ७२ बर्षिय पुरुषको काठमाडौं मेडिसीटीमा उपचारको क्रममा, धादिङका ३२ बर्षिय पुरुषको काठमाडौंस्थित ह्याम्पस अस्पतालमा, बारा कलैयाका ७७ बर्षिय पुरुषको किष्ट मेडिकल कलेज ललितपुरमा, काठमाडौंको टेकुकी महिलाको ललितपुरको किष्ट अस्पतालमा, कपिलबस्तुका ४२ बर्षिय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा, सप्तरीका ७२ बर्षिय व्यक्तिको एम्बुलेनसभित्रै, मोरङका ५५ बर्षिय पुरुषको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा, महोत्तरीका ५२ बर्षिय पुरुषको रामजानकारी अस्पतालमा मृत्यु भएको छ । सो मध्ये केहीलाई मृत्यु पूर्व नै कोरोना पुष्टि भइसकेको थियो भने केहीको मृत्यु पछि परिक्षणको क्रममा कोरोना पुष्टि भएको हो ।

पछिल्लो समय राजधानी काठमाडौंमा पनि कोरोना भाइरसको संक्रमण डरलाग्दो अवस्थामा पुगेको छ । सवारी साधनमा जोर विजोर प्रणाली लागू तथा कैयौं सरकारी कार्यालयमा सेवा बन्द गर्दा समेत चियापसल, होटल, किराना पसल, तरकारी पसलमा सर्वसाधारणको बाक्लो भिडभाड भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS