IME Life New

नेप्से १०.५६ अंकले घटेर १२१६ को विन्दुमा, कारोवार रकम २४ करोड ९१ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से परिसूचक साताको दोस्रोे दिन १० दशमलव ५६ अङ्कले घटेर १२१६ दशमलव ९३ अङ्कमा बन्द भएको छ । कारोबार रकम २४ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।


सबै क्षेत्रको परिसुचक क्षेत्रको उपसुचकमा गिरावट आएको छ । सबै भन्दा धेरै होटल क्षेत्रको परिसुचकमा २ दशमलव ५७ प्रतिशतले गिरावट आएको छ ।
सबैभन्दा धेरै गोर्खाज फाईनान्स लि. प्रमोटर शेयरको २ करोड ५७ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै रिदि हाईड्रोपावर डेभलप्मेन्ट कम्पनीको सेयरमा ७ दशमलव ८४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै रैराङ हाईड्रोपावर डेभलप्मेन्ट कम्पनीको शेयर ७ दशमलव ८७ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ३४ प्रतिशतले घटेको छ भने ५ हजार ५ सय ५० रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव २२ प्रतिशतले घटेर ५ हजार ५ सय ९ को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको १ करोड ६० लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड ७१ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS