Connect IPS
IME Life

महालक्ष्मी लाईफका ५०% कर्मचारीले घरैबाट काम गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले कोरोनाबाट आफ्ना कर्मचारीहरुलाई सुरक्षित राख्न भोलिबाट ५० प्रतिशत कर्मचारीहरुलाई घरैमा राखेर काममा लगाउने निर्णय गरेको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले आज एक सूचना जारी गर्दै ज्वरो आएका, सास फेर्न गाह्रो भई बिरामी भएका कर्मचारीहरुलाई घरैमा बस्ने निर्देशन दिएको छ । सो कम्पनीले बिरामी भएका कर्मचारीहरुको पिसिआर परिक्षण पश्चात मात्रै काममा लगाउने समेत जनाएको छ ।

Prabhu
Crest

महालक्ष्मी लाईफले जनाए अनुसार भोलिबाट ५० प्रतिशत कर्मचारीले घरैबाट काम गर्नेछन् । जोर बिजोर प्रणाली अनुसार सहज हुने कर्मचारीले प्रशासन विभागसँग समन्वय गरेर कार्यालय आउनेछन् । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले सकारी तथा सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा ५० प्रतिशत कर्मचारी मात्रै राखेर सञ्चालन गर्ने निर्णय गरेको थियो ।

महालक्ष्मी लाईफले मन्त्रिपरिषदको सोही निर्णयको मर्म अनुसार र कर्मचारी तथा कोरोना महामारीको समयमा भिडभाड हुन नदिन आधा कर्मचारीले कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हा । सो कम्पनीले कोरोना भाइरसको संक्रमण गरेर स्थानीय सरकारले लकडाउन, निषेधाज्ञा जारी गरेका क्षेत्रमा सो लकडाउन र निषेधाज्ञा पालना गर्ने जनाएको छ ।

कम्पनीले काठमाडौंको नक्सालमा रहेको केन्द्रीय कार्यालय सधैं खुल्ला रहने भएकोले शाखा तथा केन्द्रका घरमा बस्ने कर्मचारीहरुले केन्द्रीय कार्यालयको नियमित सम्पर्कमा रहन भनिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS