काठमान्डौ: आज पनि अजोड इन्स्योरेन्सको शेयर मूल्यमा माथिल्लो सर्किट लागेको छ । हिजो जस्तै आज पनि सुरुवाती चरणमा बिक्री चाप देखिए पनि १ बजे पछि भने सर्किट लेभलमा कम्पनीको शेयर मूल्य थियो र खरिदकर्ताहरुले आक्रामक रुपमा खरिद गर्दा सर्किट मूल्यमा धेरै खरिदकर्ताहरु भए पनि बजार बन्द हुने बेलामा बिक्रीकर्ताको संख्या शुन्य जस्तै थियो।
कम्पनीको बजार मूल्य ९ दशमलव ९४ प्रतिशतले वृद्धि हुँदै ५६४ रुपैयाँमा बजार मूल्य बन्द भएको छ। कम्पनीको बजार मूल्य प्रतिकित्ता ५१ रुपैयाँ वृद्धि भएको हो।
आज अजोड इन्स्योरेन्सको ४ करोड ५४ लाख बराबरको शेयर कारोवार भएको छ।