IME Life New

९८% काम सम्पन्न भएको लिवर्टी इनर्जीको आईपिओ निष्काशन भदौं ३ गतेदेखि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले आगामी भदौं ३ गतेबाट आईपिओ निष्काशन गर्ने सूचना जारी गरेको छ । कम्पनीले ३५ लाख ६४ हजार ९३० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

यसअघि आयोजना प्रभावित जनताको लागि निष्काशन गरेको शेयर सबै बिक्री नभएपछि सोको बाँकी अंश समेत समावेश गरी कूल जारी पुँजि एक अर्ब ५० करोड रहेको कम्पनीले २५ प्रतिशत ३७ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क बर्गका सर्वसाधारणको लागि निष्काशन गरेको थियो । सो कोरोना महामारीका कारण लकडाउनका परेका कारण उक्त शेयर मध्ये १३ लाख १४ हजार ९३० कित्ता बिक्री नभएको कम्पनीले जनाएको छ । यस पटक सर्वसाधारणको लागि जारी गरिएको शेयरमा समेत क बर्गको शेयर समेत थप गरी कूल ३५ लाख ६४ हजार ९३० कित्ता शेयरमा दरखास्त आह्वान गरिएको हो ।

Esewa
Crest

काठमाडौंको कालिकास्थानमा केन्द्रीय कार्यालय रहेको लिवर्टी इनर्जी कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँ पालिकामा २५ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्दैछ । सो आयोजनाको कूल लागत चार करोड ६३ लाख अनुमान गरिएको छ । गत वर्षको पौष मसान्तसम्ममा कूल ९६ प्रतिशत काम सम्पन्न भइसकेको सो आयोजनाको अहिलेको अवस्था ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ । प्रशारण लाईन निर्माणमा ढिलाई भएकोले आयोजना सम्पन्न भएपनि तत्कालै राष्ट्रिय प्रशारण लाईनमा जोड्न सक्ने अवस्था भने छैन । माथिल्लो दोर्दी ए आयोजनाको काम फटाफट भएमा आगामी असोजभित्रमा उत्पादन सुरु हुनेछ । जल विद्युत कम्पनीको शेयरमा लगानी गर्दा प्रतिफलमा ढिलाई हुने प्रवृत्ति देखिएको बेला लिवर्टीले भने आयोजना अन्तिम चरणमा पुग्न लाग्दा शेयर निष्काशन गरेकोले उक्त कम्पनीले चाँडै प्रतिफल दिने सक्ने अनुमान गर्न सकिन्छ ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको शेयरमा आश्वाका लागि अनुमति प्राप्त सबै बैंकहरुबाट आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS