Connect IPS
IME Life

काठमाडौं उपत्यकाभित्रको सार्वजनिक यातायात भदौं १५ गतेसम्म बन्द गर्न सिफारिस

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजधानी काठमाडौंका तीन वटै जिल्लाका स्थानीय निकायको आज बसेको संयुक्त बैठकले आगामी भदौं १५ गतेसम्म सार्वजनिक यातायात बन्द गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका नगरपालिकाका मेयरहरुको संयुक्त बैठकले राजधानीभित्रका सबै नगर प्रशासनबाट प्रवाह हुने सेवा बन्द गर्ने समेत निर्णय गरेको छ । तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरीको उपस्थितिमा भएको बैठकले यस्तो निर्णय गरेको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बताए ।

काठमाडौंको राष्ट्रिय सभागृहमा बसेको संयुक्त बैठकले उपत्यकाभित्रका सबै नगरपालिका, वडा कार्यालय लगायतका स्थानीय सरकारको रुपमा प्रवाह हुने सेवा बन्द हुने छ ।

Prabhu
Crest

राजधानी उपत्यकाका तीन वटै जिल्लाभित्रका नगरका मेयरहरुको साझा संस्थाको आज बसेको बैठकले राजधानीभित्र कोभिडको संक्रमण रोक्न यस्तो कदम चाल्न हतार भइसकेको मेयर महर्जनले बताए । कोरोना भाइरसको महामारी बढेसँगै देशका विभिन्न ठाउँमा लकडाउन तथा निषेधाज्ञा घोषणा गरिएको छ । सरकारले भने औपचारिक रुपमा लकडाउन घोषणा नगरी जहाँ जहाँ समस्या देखिन्छ, त्यही त्यही सिल गर्ने, निषेधाज्ञा जारी गर्ने नीति लिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS