IME Life New

काठमाडौंको कालिकास्थानमा रहेको अध्यागमन विभागमा कोरोना, भिषाको कार्य स्थगित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । राजधानी काठमाडौंको कालिकास्थानमा रहेको अध्यागमन कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । घटनापछि सो कार्यालय सिल गरिएको छ ।

नेपालमा रहेका विदेशी नागरिकहरुको भिषा थप गर्ने कार्य हुँदै आएको अध्यागमन कार्यालयमा आजदेखि तीन दिनसम्म भिषा थप्ने लगायतका सबै कार्य बन्द गरिएको सो कार्यालयले जनाएको छ ।

Crest

आइतबार विभागका ५७ जना कर्मचारीको कोरोना परिक्षण गर्दा एक जनाको नतिजा पोजेटिभ आएको महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए । ५६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अध्यागमन केन्द्रीय कार्यालयको काम स्थगित भएपनि त्रिभुवन विमानस्थललगायतमा भने काम भइरहेको उनले बताए ।

अध्यागमन विभागमा कार्यरत ति कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS