Connect IPS
IME Life

काठमाडौंका ९१ जना कोरोना भाइरसबाट संक्रमित, एकै दिन ३८० जनामा कोरोना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा ९१ जनामा कोरोना भाइरसबाट संक्रमित भएका छन् । काठमाडौंका ९० जना ललितपुरका १ जनामा कोरोना पोजेटिभ भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा देशभरिमा ३८० जनामा कोरोना भाइरस पोजेटिभ भएको जनाएको छ ।

राजधानीका विभिन्न अस्पतालहरुमा गरिएको परिक्षणको क्रममा सो मात्रामा कोरोना भाइरस संक्रमित भेटिएको हो । पछिल्लो पटक बीर अस्पतालमा काठमाडौंमा कोरोना भाइरस संक्रमित भेटिएन भने अन्य प्रायः सबै अस्पतालहरुमा पोजेटिभ पुष्टि भएको छ ।

Prabhu
Crest

स्टार अस्पतालमा काठमाडौं १३ जना र ललितपुरका एक जना, जनस्वाथ्य प्रयोगशाला टेकुमा काठमाडौंका ४४ जना, शुक्रराज ट्रपिकल अस्पतालमा काठमाडौंका एक जना, पाटन अस्पतालमा काठमाडौंका पाँच जना, शिक्षण अस्पताल, ह्याम्स अस्पतालमा काठमाडौंका ८ जना, नेपाल कोरिया मैत्री अस्पतालमा १ जना कोरोना पोजेटिभ फेला परेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको जनाएको छ । हालसम्म १६ हजार ३५३ जना उपचार पश्चात निको भएका छन् । संक्रमितमध्ये ७५ जनाको मृत्यु भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS