काठमाडौं । नेपाली बजारमा दिन प्रतिदिन बढेको सुनको भाउ फेरी घट्न थालेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको छ । आज आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ, तेजावी १ लाख २ हजार १ सय रुपैयाँ तथा चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेको हो । गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ, तेजावी १ लाख ३ हजार रुपैयाँ तथा चाँदी १ हजार ४ सय ५ रुपैयाँ मा काराबोर भएको थियो।