IME Life New

सिटिजन लाइफको लोभ लाग्दो प्रगति, बीमा शुल्क आर्जन २ अर्ब नजिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ।  नयाँ जीवन बीमा कम्पनी सिटिजन लाइफको बीमा शुल्क आर्जन २ अर्ब नजिक पुगेको छ।  आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासमा १ अर्ब १२ करोड  खुद बीमा शुल्क आर्जन गरेकोमा आर्थिक वर्ष ७६/७७मा १ अर्ब ९२ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ।  यसरी नयाँ जीवन बीमा कम्पनी  भए पनि छोटो समयमा नै कम्पनीले आक्रामक  व्यापार गर्दै आएको छ।

समिक्षा अवधिमा खुद मुनाफा पनि १५ करोड ३६ लाख बाट वृद्धि  भएर २० करोड माथि पुगेको छ।  तर जीवन बीमा कम्पनीहरुको वास्तविक नाफा भने बीमांकीय मूल्याङकनपछि मात्र देखिन्छ।

Esewa
Crest

कुल बीमा शुल्क आर्जन यस वर्ष १ अर्ब ९६ करोड पुग्दा कम्पनीमा कायम कुल बीमालेख संख्या १ लाख २४ हजार रहेका छन्।

१ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४९ करोड ६१ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा १ अर्ब ६७ करोड रहेको छ।  कम्पनीले महा विपत्ति जगेडामा ४ करोड २७ लाख रुपैयाँ राखेको देखिन्छ।

समिक्षा अवधिमा कम्पनीले आक्रामक रुपमा जगेडा कोष, जीवन बीमा कोषको आकार वृद्धि गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS