काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ वटा कम्पनीको ४ करोड ५३ लाख ५३ हजार ४८९ कित्ता शेयर सूचीकृत भएको छ ।
यो साता नेप्सेमा ५ कम्पनीको बोनश शेयर, एक कम्पनीको आईपीओ तथा एक कम्पनीको एक्विजिशन मार्फत प्राप्त शेयर सूचीकृत भएको हो।
नेप्सेमा समिट लघुवित्तको ४ लाख ४३ हजार कित्ता, सोल्टी होटलको १ करोड ९ लाख ९० हजार ४ सय ३६ कित्ता, ग्लोबल आइएमई लघुवित्तको ३ लाख ८६ हजार ६ सय १ दशमलव २५ कित्ता, प्रभु इन्स्योरेन्सको ५ लाख ११ हजार ९ सय ८९ कित्ता र एक्सेल डेभलपमेण्ट बैंकको ११ लाख ८४ हजार ४ सय ७२ दशमलव ५० कित्ता बोनश शेयर सूचीकृत भएको हो ।
त्यस्तै, देवःविकास बैंकलाई एक्वायर गरेपछि प्राप्त २ करोड ९६ लाख ५९ हजार १ सय ९० दशमलव २८ कित्ता शेयर कुमारी बैंकको नाममा शेयर सूचीकृत भएको हो भने साधना लघुवित्तको २१ लाख ७७ हजार ८ सय कित्ता साधारण आईपीओ सूचीकृत भएको नेप्सेले जनाएको छ ।