Connect IPS
IME Life

कोरोनाबाट एकै दिन छ जनाको मृत्यु, काठमाडौंमा ६५ बर्षिय महिलाको ज्यान गयो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो पटक स्थानीय स्तरमा कोरोना फैलिएको आशंका गरिरहँदा एकै दिन छ जनाको मृत्यु भएको छ । देशैभरिमा यात्रा इतिहास नभएका व्यक्तिहरुमा कोरोना संक्रमण फेला परिरहेको सन्दर्भमा हिजो एकै दिन, मोरङ, पर्सा, सप्तरी र काठमाडौंमा एक जना गरी कूल छ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङमा दुई जनाको मृत्यु भएको छ । मोरङस्थित आईसोलेशन वार्डमा एक रहेका एक पुरुष र रंगेली नगरपालिकास्थित घरबाट बिरामी भई अस्पताल लैजादै गरेका ४५ बर्षिय व्यक्तिको मृत्यु भएको हो । त्यस्तै, पर्सामा हिजो दुई जनाको मृत्यु भएको छ । बीरगन्ज १५ भिश्वाका ४६ बर्षिय पुरुष र पोखरिया–८ की १८ बर्षिया युवतीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । पुरुष मधुमेह रोगको उपचार गराउँदै आएका व्यक्ति भएको खुलेको छ । त्यस्तै युवती भने झाडाबान्ता पछि नेशनल अस्पतालमा उपचारको लागि पुगेकी थिईन् । त्यहाँ परिक्षण गर्दा गर्दै मृत्यु भएको अस्पतालले जनाएको छ । स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको छ ।

Prabhu
Crest

उता, बुधबार नै काठमाडौंमा एक ६५ बर्षिय महिलाको कोरोनाको कारण मृत्यु भएको छ । बलम्वुस्थित सशस्त्र प्रहरी कोभिड अस्पतालमा उनको मृत्यु भएको हो । उनी सर्लाहीकी महिला भएको र हाल काठमाडौंमा बस्दै आएको खुलेको छ ।

त्यस्तै, सप्तरीमा एक ४५ बर्षिय पुरुषको कोरोनाको कारण उपचार गर्नै नभ्याई मृत्यु भएको छ । मलेसियाबाट डेढ महिना अघि फर्केका ति पुरुषलाई सास फेर्न गाह्रो हुँदा अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । स्वाव परिक्षण गर्दा कोरोना पुष्टि भएपछि उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

बुधबार एकै दिन छ जनाको मृत्यु भएसँगै सरकारले लकडाउन घोषणा नगरी मानिसको आवत जावतमा थप कडाई गर्ने निर्णय गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS