IME Life New

बीमा समितिद्वारा सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमाको औपचारिक सुरुवात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले आजदेखि सरकारी कर्मचारीहरुलाई निःशुल्क कोरोना बीमा कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरेको छ । समितिले आज पत्रकार सम्मेलन गरी सरकारी कर्मचारीलाई सहुलियत कोरोना बीमाको औपचारिक रुपमा सुरुवात गरेको हो ।

अर्थमन्त्रालयले हिजो सो सम्बन्धी कार्यविधि स्वीकृत गरेपछि समितिले आजदेखि सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा र सर्वसाधारणको लागि ५० प्रतिशत अनुदानमा कोरोना बीमा गर्ने व्यवस्थाको औपचारिक शुरुवात गरेको हो ।

Esewa
Crest

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न आर्थिक वर्ष २०७७/ ७८ को बजेट बक्तव्यको बुदा ५५ /२८५ को कोरोना बीमा सम्बन्धी ब्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकार, अर्थ मन्त्रालयको सहमतिमा बीमा समितिले मापदण्ड बनाई लागु गरेको हो ।

कोरोना बीमालेख 
विश्वव्यापी महामारी रुपमा फैलिरहेको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न बीमा समितिबाट इजाजतप्राप्त नेपालका २० वटा बीमा कम्पनीहरु मार्फत विक्री भइरहेको बीमा कोरोना बीमालेख हो

कोरोना बीमाको बीमाङक रकम र बीमा शुल्क
यस बीमालेख अन्तर्गत एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ गरी दुई प्रकारको बीमाङक कायम गरिएको छ । एक लाख बीमाङक कायम भएको बीमालेखका लागि प्रति व्यक्ति एक हजार रुपैयाँ र ५० हजार रुपैयाँ बीमाङकका लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ बीमा शुल्क कायम गरिएको छ । यदि संगोलमा बसेका परिवारका सम्पुर्ण सदस्यहरुको सामुहकि बीमा गरिएको खण्डमा एक लाख रुपैयाँ बीमाङका लागि प्रति व्यक्ति ६ सय रुपैयाँ र ५० हजार बीमाङकका लागि ३ सय रुपैयाँ कायम गरिएको छ ।

नेपाल सरकारबाट अनुदान
सरकारी कर्मचारीहरुको कोरोना बीमा गर्दा नेपाल सरकारले शतप्रतिशत अनुदान उपलब्ध गराउनेछ । नेपाल सरकारको चालु आथिृक वर्षको बजेट बक्तव्य अनुसार आम जागरिकले गर्ने सामुहिक कोरोना बीमामा मात्र ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ । यो बीमालेख सुविधा कुनै पनि परिवारले एउटा कम्पनीबाट एक पटकका लागि मात्र पाउनेछ । साथै, बीमालेखको अवधि २०७८ साल असार मसान्तसम्म मात्र लागु हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS