काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको शंका लागेका व्यक्तिहरुले १४ वटा अस्पतालमा गएर निःशुल्क स्वाब परीक्षण गराउन सकिने बताएको छ ।
मन्त्रालयले उपत्यकाका विभिन्न १४ वटा अस्पताललाई स्वाब संकलन केन्द्र तोकेको छ । जसमा टिचिङ, प्रसूति गृह, सिभिल, पाटन, टेकु, वीरेन्द्र, स्टार, नेपाल प्रहरी, भक्तपुर, केएमसी, वीर, सशस्त्र प्रहरी, नेपाल कोरिया मैत्री र ह्याम्स अस्पताल तोकिएका छन् ।