Connect IPS
IME Life

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो, नौ जना पुरिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज विहानै सिन्धुपाल्चोकमा गएको पहिरोमा परी नौ जना पुरिएका छन् । उनीहरुको उद्धार तथा खोजीका कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकाय परिचालन गरिएको छ । घटनास्थलबाट एक जनाको जीवितै उद्धार गरिएको छ भने आठ जना बेपत्ता छन् ।

मेलम्ची नगरपालिका वडा नम्बर ११ मा खेलकूदका लागि कभर्ड हल बनाउँदै गरेको ठाउँमा पहिरो गएको हो । पर्साबाट सिन्धुपाल्चोकमा आई काम गर्दै गरेका उनीहरु राति बास बसेको ठाउँमा पहिरोले पुरेको हो । पहिरोमा पुरिएकाहरु ७ जना पर्सा जिल्लाका युवाहरु हुन् भने एक जना भारतीय नागरिक भएको ठेकेदारलाई उध्रित गर्दै प्रााप्त समाचारमा जनाइएको छ ।

Prabhu
Crest

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मेलम्चीमा निर्माण हुँदै गरेको कभर्ड हलमा गैरीबजार भन्ने ठाउँमा एउटा ठूलो ढिस्को भारिएर पुरिएको छ । घटनास्थलबाट घाइते ३५ वर्षीय एक भारतीय नागरिक बारु साहलाई उद्धार गर्न सफल भएको प्रहरीले जनाएको छ । उक्त विकास आयोजना कुन निकायबाट ठेक्कामा निर्माण भइरहेको र बीमा गरिएको थियो ववा थिएन भन्ने खुल्न सकेको छैन । नेपालमा विकास निर्माणको कामका लागि मजदुर आयोजनाको बीमा अनिवार्य गरिएको छ । यद्यपि स्थानीय समितिमार्फत निर्माण भएका आयोजनाहरु प्रायः बीमा गरिएका हुदैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS