IME Life New

राष्ट्रिय व्यवसायिक पहल र मदन भण्डारी विश्वविद्यालय बीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल र मदन भण्डारी विश्वविद्यालय विज्ञान तथा प्रविधि विकास वोर्ड बीच सम्झौता भएको छ ।सो सम्झौता पत्रमा अध्यक्ष कुश कुमार जोशी र मदन भण्डारी विश्वविद्यालय विज्ञान तथा प्रविधि विकास वोर्डका अध्यक्ष प्रा.राजेन्द्रध्वज जोशी बीच सहर्काय गर्न हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रको मुख्य उद्देश्य भनेकै पहलले उद्यमीहरू र एमबीयूयसतीबी बीचको साझेदारीलाई सहयोग पु¥याउनु रहेको छ । सम्झौताले तुलनात्मक लाभका क्षेत्र पहिचान गरी नयाँ प्रविधिको विकास तथा सुधार उद्यमहरुको क्षमता विकाश, नव प्रवद्र्धन, आवश्यक अनुसन्धान र शैक्षिक कार्यक्रमको सञ्चालन, नयाँ उद्यमहरुलाई प्रोत्साहन, इन्क्युबेशन सेन्टरको स्थापना एवं संयुक्त परियोजना सञ्चालनमा जोड दिएको छ ।

Esewa
Crest

सम्झौतापत्र अन्तर्गत सहयोगका लागि महत्वपूर्ण विषयवस्तुहरूः नेपालमा तुलनात्नक लाभ विकास गर्न सक्षम उत्पादन पहिचान गरि नयाँ प्रविधिको विकास तथा सुधार गर्ने, नयाँ प्रविधि विकास गर्न वा विशिष्ट उत्पादनहरूको सम्बन्धमा अवस्थित प्रविधि सुधार गर्न उद्यमहरू र एमबीयूयसतीबी बीच साझेदारी गर्न सहयोग पु¥याउने, आर्थिक विकास प्रबर्धनका लागि व्यापक अनुसन्धन क्षेत्रहरू तथा शैक्षिक कार्यक्रमहरू पहिचान गर्ने, नवीनताका लागि अनुकूल वातावरण सिर्जना गर्न नीतिगत सुधार ल्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS