Connect IPS
IME Life

कोरोना संक्रमणपछि महानगरीय ट्राफिक प्रहरी हेडक्वाटर सिल, सडकमा हिड्नै जोखिम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजधानीको ट्राफिक व्यवस्पान गर्दै आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको बग्गीखानास्थित हेडक्वाटर सिल गरिएको छ । उक्त हेडक्वाटरमा कार्यरत तीन जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि आजदेखि सिल गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सो महाशाखामा कार्यरत दुई ट्राफिक प्रहरीमा कोरोना देखिएपछि त्यहाँ कार्यरत दर्जनौं ट्राफिक प्रहरीहरुको स्वाव परिक्षण गर्ने क्रम जारी राख्दै सिल गरिएको हो । अन्य कति ट्राफिक प्रहरीमा कोरोना भाइरसको संक्रमण छ भन्ने एकिन गर्न थप परिक्षणहरु भइरहेको महाशाखाले जनाएको छ ।

Prabhu
Crest

ट्राफिक प्रहरी महाशाखामा कार्यत ३०० जना ट्राफिक प्रहरीलाई क्वारेन्टाईनमा राखिएको छ । उनीहरु सबैको स्वाव संकलन गरी परिक्षण गर्ने क्रम भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालले बताए । राजधानी काठमाडौंमा एक हजार पाँच सय ४५ जना ट्राफिक प्रहरीहरु कार्यरत छन् ।

सडकमा ट्राफिक व्यवस्थापनमा खटिने ट्राफिक प्रहरीहरु नै कोरोनाबाट संक्रमित हुन थालेपछि राजधानी काठमाडौंका सडकमा यात्रा गर्न समेत जोखिम बढेको महसुस गरिएको छ । यसअघि नेपाल प्रहरीको हेडक्वाटरमा कार्यरत ७२ जना प्रहरीमा कोरोना पुष्टि भईसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS