Connect IPS
IME Life

बीरगन्जबाट काठमाडौं आएकी महिलामा कोरोना पोजेटिभ, पाटन अस्पतालमा मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा कोरोनाले भयावह रुप लिने खतरा बढेको छ । बीरगन्जका मेयर आफै कोरोना भाइरसबाट संक्रमित भएर उपचार गराइरहेका छन् भने गए राति नै बीरगन्जकै नौ सय जना कामदार भएको उद्योगका सिईओको कोरोनाबाट मृत्यु भएको थियो । आज विहान पुनः बीरगन्जबाट राजधानी काठमाडौं आएकी एक महिलाको कोरोनाबाट मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि यही साउन ६ गते पाटन अस्पतालमा भर्ना गरिएकी ति महिलाको उपचारको क्रममा आज मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । सुरुमा स्टार अस्पतालमा भर्ना भएकी ति महिलालाई स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि पाटन अस्पतालमा सारिएको थियो ।

मृतक महिलाको परिवारका अन्य सदस्यहरुमा पनि कोरोना पोजिटिभ देखिएको छ र उनीहरु अहिले उपचारकै क्रममा रहेका छन् । गत पुसमा चीनको वुहानबाट सुरु भएको कोरोना नेपालमा उतिबेला देखि नै देखिदै आएपनि ठूलो मानवीय क्षति भइसकेको छैन । यही साउन ६ गतेदेखि सरकारले लकडाउन खुल्ला गरेपछि सडकमा सवारी साधनहरुको चाप छ भने अन्तर जिल्ला यातायात बन्द गरिएको भएपनि पहँच र पावरको भरमा विभिन्न जिल्लाबाट पास बनाएर काठमाडौं छिर्ने क्रम जारी छ । बिहिवार मात्रै काठमाडौं छिर्नेहरुको सूचिमा रहेका २४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS