काठमाडौं । सजिलो मर्मत (एसएमएस) ले प्राविधिकहरुका लागि कोभिड रिलिफ फण्ड ल्याएको छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुले लकडाउनको अवधिमा भोग्नु परेको कष्टलाई मध्यनजर गर्दै सजिलो मर्मत सेवाले ‘एसएमएस कोभिड रिलिफ फन्ड’ ल्याएको जनाएको छ ।
उक्त फण्डमार्फत आफ्ना साझेदार प्राविधिक एवम् मिस्त्रीहरूलाई सहयोग गर्ने विश्वास सजिलोले लिएको छ । सजिलो मर्मत सेवासँगको सहकार्यमा हाल जम्मा ६५ जना प्राविधिकले काम गर्दै आएका सजिलो मर्मतले जनाएको छ ।