काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दिन प्रतिदिन बढ्ने क्रम जारी छ । आज बिहीबार प्रति तोलाको भाउ ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १५ गते बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार, तेजाबी प्रतितोला ९८ हजार ५६० तथा चाँदी १ हजार २२५ रुपैयाँ पुगेको छ ।
बुधबार सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँ तथा चाँदी १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो। यसदिन चाँदीको मूल्य भने स्थिर छ ।