IME Life New

म्युचुअल फण्डको आईपिओ किन्न ठीक कि दोश्रो बजारबाट म्युचुअल फण्ड किन्न ठीक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। आईपीओ मार्फत लगानीकर्तालाई धोका दिनेमा हाईड्रोपावर कम्पनी पछि म्युचअल फण्ड पनि रहेका छन् । प्रति एकाई दश रुपैयाँमा आईपीओ हाले पनि दोश्रो बजारले साथ नदिँदा धेरै म्युचअल फण्डको दोश्रो बजारमा मूल्य प्रति ईकाई दश रुपैयाँ भन्दा थोरै रहेको छ।

आईपीओ भने पछि हुरुक्कै हुने नेपाली लगानीकर्ताहरुले म्युचअल फण्डको आईपीओबाट पनि धोका खाने क्रम निरन्तर चल्न थालेको धेरै समय भएको  छ। धेरै म्युचअल फण्डको बजार मूल्य प्रति ईकाई दश भन्दा मुनी हुँदा नयाँ म्युचअल फण्डको आईपीओ हाल्ने की दोश्रो बजारबाट पुराना म्युचअल फण्डको ईकाई किन्ने ? अहिले यो प्रश्न धेरै लगानीकर्ताको मनमा आएको प्रश्न हो ।

Esewa
Crest

अहिले दोश्रो बजारमा कारोवार हुने धेरै म्युचअल फण्डको प्रति ईकाई खुद मूल्य (NAV) भन्दा बजार मूल्य थोरैमा कारोवार भएको अवस्था छ । यसलाई प्राविधिक भाषामा “डिस्काउण्ट” भनिन्छ । म्युचअल फण्डको आईपीओमा दश रुपैयाँ हाल्नु पर्ने तर दोश्रो बजारमा प्रति ईकाई खुद मूल्य  (NAV) भद्ना पनि थोरै मूल्यमा पुराना म्युचअल फण्डहरु पाउँदा लगानीकर्ताको ध्यान म्युचअल फण्डको आईपीओ भन्दा दोश्रो बजारमा नै केन्द्रित भएको देखिन्छ।

उदाहरणको लागि नबिल इक्वीटी फण्डको २४ जुलाई २०२० को साप्ताहिक रुपमा निकालिएको प्रति ईकाई खुद मूल्य (NAV) १० रुपैयाँ ९५ पैसा रहेको छ तर कम्पनीको बजार मूल्य जम्मा ९ रुपैयाँ १० पैसा रहेको छ। यसरी प्रति ईकाई खुद मूल्य भद्ना नबिल इक्वीटी फण्ड १ रुपैयाँ ८५ पैसा सस्तोमा कारोवार भएको छ।

यो माथि प्रस्तुत गरेको उदाहरण जस्तै धेरै म्युचअल फण्डहरु उनीहरुको वास्तविक सम्पत्तिको मूल्य भन्दा सस्तोमा कारोवार भएका छन्।
यस्तो अवस्थामा म्युचअल फण्डको आईपीओ हाल्नु भन्दा दोश्रो बजार बाटै म्युचअल फण्डका ईकाईहरु किन्न लगानीकर्ताहरुको ध्यान मोडिएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS